नेपालगञ्जमा धार्मिक सद्भाव भड्केको भन्दै सदनमा उठ्यो आवाज

काठमाडाैं | असोज १६, २०८०

नेपालगञ्जमा धार्मिक सद्भाव भड्केको भन्दै सदनमा उठ्यो आवाज

काठमाडौं:  बाँकेको नेपालगञ्जमा धार्मिक सद्भाव भड्केको भन्दै संसद्मा आवाज उठेको छ ।

 

मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद धवलशमशेर जबराले जातीय सद्भाव भड्काउने भन्दै उक्त विषय उठान गरे ।

 

उनले दुई समुदायमा झडप भएर कर्फ्यु लागेको भन्दै धार्मिक सद्भाव कायम राख्ने गरी कदम चाल्न सरकारसँग अनुरोध गरेका छन् ।

 

“बाँकेको नेपालगञ्ज सहरमा दुई समुदायमा झडप भएर कर्फ्यु लागेको छ । सरकारलाई अनुरोध छ, हिंसाको घटनाहरु कन्ट्रोल ल्याउनुपर्‍यो,” उनले भने, “यो सबैको जड मोबाइलको जड हो । साइबर क्राइमलाई तुरुन्तै एक्सनमा ल्याएर ठाउँको ठाउँमा दोषीहरुलाई कारबाही गर्नुपर्छ ।” 

 

उनले सद्भावको सहर नेपालगञ्जमा धार्मिक सद्भाव कायम राख्न स्थानीयलाई पनि अनुरोध गरे ।

काठमाडौँ:  चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् ।   उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

थप पढ्नुहोस्

पोखरा:   कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बिना गुरुङले मतदातासँग भेट्ने तथ नीतिगत तहबाट गर्न सकिने कामहरुको छलफल गर्ने अभियान चलाइरहेकी छन् । &nbs...

थप पढ्नुहोस्

पोखरा:   कास्की क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार हेमबहादुर थापा (आमोद)ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको स्थायी समाधान गर्न नेकपाको नेतृत्व आवश्यक रहेको बताएका छन् ।   अखिल ने...

थप पढ्नुहोस्